कांग्रेसको र्यालीमा गएको ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु २९ घाइते

डोटी । ट्र्याक्टर दुर्घटना हुँदा डोटीमा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । घटनामा अन्य २९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नंको ट्र्याक्टर दुर्घटना भएको हो । घटनामा पूर्वीचौकी गाउँपालिका ४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको हो ।
पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि नेता कार्यकर्ताले निकालेको र्यालीमा सहभागी भएको ट्र्याक्टर दुर्घटना भएको हो । र्यालीमा सहभागी भएका कम्तीमा २९ जनाभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको बताइएको छ ।
घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये १४ वर्षीया मनिषा जोशी र १० वर्षीय अनिल खड्कालाई थप उपचार गर्न रिफर गरिने भएको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया