दाङको शान्तिनगरमा कांग्रेस विजयी

दाङ । दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित भएकी छ्न् । बस्नेतले पाँच हजार ७१६ मत प्राप्त गरी विजयी भएका हुन् । बस्नेत पाँच हजार ७१६ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका विष्णु केसीले चार हजार ५२४ मत प्राप्त गरेका छन् । अध्यक्षमा बस्नेतले केसीलाई एक हजार १९२ मतान्तरले पराजित गरेका हुन् ।
माओवादी केन्द्रका मोहनलाल ओलीले दुई हजार ७९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५, राप्रपाका टंकराज पौडेलले १०८ प्राप्त गरेका छन् ।
त्यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रेमा बुढाथोकीले पाँच हजार ७५० मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।
उनका प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले चार हजार २८ मत, राधिका परियारले तीन हजार ८३ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी लता बस्नेतले २८ मत प्राप्त गरेकी थिइन् ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया