बिहीबार, चैत २६, २०८२

भरतपुरमा ३१७९३ गन्दा विजय सुवेदी भन्दा रेनु २२०५ मतले अगाडी, जगन्नाथले कति मत ल्याए ?

मेरोन्यूज २०७९ जेठ ४ गते २०:१४

काठमाडौं । चितवनको भरतपुरमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो पार्दै लगेकी छन्।

Advertisement
nepal life insurencenepal life insurence

३१७९३ मत गणना गर्दा उनले अहिलेसम्म २२०५ मतले अग्रता लिएकी छन्। दाहालले ११७५० मत ल्याएकी छन्। नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ९५४५ मत र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१७१ मत ल्याएका छन्।

उपमेयरमा सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले १३९३८ मत ल्याएका छन्।

एमाले(राप्रपा गठबन्धनबाट राप्रपा उम्मेदवार हिमला गुरुङले ७७५० मत ल्याएकी छन्। मतगणना जारी छ।

प्रतिक्रिया