पोखरामा अपडेट: आचार्यको अग्रता बढ्यो

पोखरा । शुक्रबार दिउँसोसम्म गठबन्धनको अग्रता थियो । मेयरमा धनराज आचार्य ३ हजार भन्दा बढी मतान्तरले अघि हुँदा उपमेयरमा कोपीला रानाभाट करिव ५ सय मतले अघि थिइन् ।
शुक्रबार साँझदेखि उपमेयरको समीकरण फेरिएको छ । विस्तारै एमालेकी मन्जु गुरुङले अग्रता लिन थालिन् । अहिले अग्रतामा मात्रै छैन, फराकीलो भैसकेको छ ।
हालसम्मको नतिजा हेर्दा करिबकरिब यहाँको मेयरमा गठबन्धन उम्मेद्वार धनराज आचार्य र उपमेयरमा एमाले उम्मेद्वार मन्जु गुरुङले जित हात पर्ने सम्भावना देखिएको छ ।
अहिले आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३७ कायम राखेका छन् । १ लाख १२ हजार ५ सय ८० मत गणना हुदाँ आचार्यले ४५ हजार २७ मत पाए भने थापाले ४१ हजार ५ सय ९० मत ल्याएर पछ्याईरहेका छन् ।
राप्रपाका शंकर खरालले ४ हजार ९ सय ८७ मत ल्याउँदा स्वतन्त्र उमेद्वार लौरो चिन्हका खड्कराज पौडेलले २ सय ७ सय ५९ प्राप्त गरे ।
उपमेयरमा गुरुङले ४७ हजार ३ सय २४ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रानाभाटले ४४ हजार ९ सय ६४ मत ल्याइन् । उनीहरुबीचको मतान्तर २ हजार ३सय ६० पुगिसकेको छ ।
अब गणना हुन बाँकी रहेका वडाहरुमा एमालेको पकड छ । त्यसैले गुरुङको मतान्तर अझै बढ्ने आँकलन गरिएको छ । उपमेयरमै राप्रपाकी रन्जना सेनले ४ हजार ९ सय २७ मत प्राप्त गरेकी छन् । अब पोखरामा ३० हजार ६ सय ४६ मत गणना गर्न बाँकी छ ।
अहिले सम्म २४ वटा वडाको मतगणना सकिएको छ । जसमध्ये कांग्रेसले १७ र एमालेले ७ वडामा जीत दर्ता गरेको छ । अहिले पोखरा ११, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।
















निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया