भरतपुरमा रेनु जित नजिक, अब २१ हजार ६१४ मत गन्न बाँकी

काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् । मत गणना अन्तिम चरणमा पुग्दा प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् ।
रेनु नेकपा एमालेका प्रतिद्धन्द्धी विजय सुवेदीभन्दा ९ हजार ९३० मतले अगाडी छिन् । रेनुले अहिलेसम्म ४३ हजार ७४३ मत ल्याएकी छिन् ।
यता, कांग्रेसका चित्रसेनले १८ हजार ३२५ मतले अगाडि छन् । उनले अहिलेसम्म ४५ हजार ७४ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याउका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ ।
महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख छ हजार २२५ मत गणना भइसकेको छ ।
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया