सोमबार, पुष १४, २०८२

थप १० जनामा कोरोना पुष्टि, काठमाडौंमा १९ जना मात्रै कोरोना संक्रमित

मेरोन्यूज २०७९ जेठ ९ गते १८:३९

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल दुई हजार ७६८ जनाको कोरोना परीक्षणमा १० जनामा मात्रै कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३१ हजार ३८८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । हाल काठमाडौंमा १९ र ललितपुरमा ११ कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया