९४ वर्षको उमेरमा दुई जनाले जिते चुनाव
मेरोन्यूज
२०७९ जेठ १० गते १५:४७

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रममा छ । यसैबीच यस चुनावमा दुई जना वृद्धाले जित हात पार्दै विजयी भएका छन् ।
९४ वर्षको उमेरमा विजयी हुनेहरूमा महोत्तरीका ९४ वर्षीय जीबछ नदाफ र मोरङका सूर्यनारायण मण्डल रहेका छन् । उनीहरू दुवै जना वडा सदस्यमा विजयी भएका हुन् ।
महोत्तरीको बलवा नगरपालिका वडा नम्बर १ मा उम्मेदवारी दिएका ९४ वर्षीय नदाफ विजयी हुँदा नेकपा एमालेका बजरंगी महतो पराजित भए । उनले ५७४ मत ल्याए । उनका प्रतिद्वन्द्वी महतोले ३६३ मत पाए ।
यस्तै, मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ को वडा सदस्यमा ९४ वर्षीय मण्डल विजयी भए । उनले ९३० मत ल्याउँदै नेकपा माओवादी केन्द्रका लिलानन्द ठाकुरलाई पराजित गरे । ठाकुरले ४८६ मत मात्र पाए । उनीहरू दुवै नेपाली कांग्रेसका उम्मेदवार हुन् ।
सम्बन्धित
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया