‘लघु फिल्म प्रतियोगिता’मा उत्कृष्ट ‘द बास्केट’ लाई १ लाख ५० हजार

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘द बास्केट’ले पहिलो बनेको छ । चलचित्र विकास बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको यो फिल्मले २ लाख नगदसहित पुरस्कार जितेको हो ।
प्रतियोगितामा सहभागी हुन आएका ५६ फिल्ममध्ये २० फिल्मलाई दर्शकले मत दिन पाउने गरी आयोजकले सामाजिक सञ्जालमा राखेका थिए । यही आधारमा दर्शकको ५० प्रतिशत अंक भार र जुरीको ५० अंक भार जोडी चार विजेता छनोट गरिएको हो ।
२० फिल्ममध्ये सुरेन्द्र प्रजापतिको ‘शुन्य’ दोस्रो र राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ तेस्रो भएको थियो । शर्मा क्रिएसनको ‘अछोप’ले सान्तवनामा चित्त बुझाएको थियो । उनीहरुले क्रमश: १ लाख ५० हजार, ५० हजार र २५ हजार रुपैंयाँ प्राप्त गरे । विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका सहभागीलाई सहभागिताको प्रमाण पत्र दिएको थियो ।
निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए ।
प्रतियोगिताको जुरीमा कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह–सचिव फणिन्द्र गौतम, निर्माता, निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल थिए ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया