गरिब मानिसलाई खाना खुवाउने क्रममा भागदौड हुँदा ३१ जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ १५ गते ८:०९
काठमाडौँ । दक्षिणी नाइजेरियामा शनिबार एउटा चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।
दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरूको मृत्यु भएको हो । घटनापछि मानिसका शव, जुत्ता तथा चप्पल भुइँमा छरिएका प्रहरी जनाएका छन् ।
पोर्ट हार्कोर्ट पोलो क्लबमा एक स्थानीय किंग्स एसेम्बली चर्च संगठनले गरिबका लागि खाना र उपहार प्रदान गर्दा भिड नियन्त्रणबाहिर गएको थियो ।
‘दुर्भाग्यवश, भीड उथलपुथल र अनियन्त्रित भयो, आयोजकले विवेक अप्नाउन गरेका सबै प्रयास बिफल भए’, प्रहरीले एक विज्ञप्तिमा भनेको छ ।
प्रवेशद्वारमा छिर्न खोजिरहेका मानिसलाई जबरजस्ती फिर्ता गराउँदा एक अर्कालाई कुल्चिएका थिए ।
सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया