हराएका जहाजमा अर्का पाइलट पनि थिए, जो बिदा मनाउन जोमसोम जाँदै थिए

काठमाडौं । आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए ।
यति एयरकै पाइलट लामा विदा मनाउन जोमसोम जान लागेका थिए । पाइटल लामाले आइतबार बिहान मात्र जहाज उडाएका थिए । आफ्नो ड्यूटी सकेर बिदा मनाउन भनेर उनी जोमसोम जान लागेका थिए ।
यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए । बिहान जहाज उडाएर पछि पाइटल प्रभाकर प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए । सोही उडानमार्फत उनी जोमसोमतिर लागेका थिए ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्वीनटर विमान अहिले सम्पर्कविहीन छ । तारा एयरका सिनियर क्याप्टेन घिमिरेले जहाज उडाइरहँदा सह(पाइटल उत्सव पोखेरेल र एयरहोस्टेज क्रिस्मी थापा साथमा थिइन् ।
सम्पर्कविहीन बनेको विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ । जसमा पाइलट लामाको पनि नाम छ । उक्त विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन बनेको थियो ।
यति एयरका प्रवक्ता बर्तौलाले विमानबारे अहिलेसम्म केही पत्ता नलागेको बताए । ‘बाहिर हल्ला धेरै फैलिरहेको छ । तर, अहिलेसम्म जहाज फेला पारेका छैनौं । खराब मौसमका कारण खोजीकार्यमा समस्या भइरहेको छ,’ प्रवक्ता बर्तौलाले भने ।
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया