छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं / काठमाडौं, सप्तरी, चितवन, धनकुटा, रुपन्देही र मकवानपुरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ छहारीस्थित सडकमा बा.३ ख ५४३३ नम्बरको बसमा बा.८४ प ५५६० नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीया पुसी शेर्पा रेहकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका–१२ रुपनगर चोकमा प्र.२–०३–००१ख ८२५ नम्बरको बसको ठक्करबाट मंगलबार एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्री हाल नाम, थर, वतन खुलेको छैन ।
धनकुटाको धनकुटा नगरपालिका–६ स्थित सडकमा मे.६ प १७५६ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ डेरा गरी बस्ने संखुवासभा खाँदवारी नगरपालिका–१० घर भएका २४ वर्षीय पुरन राई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवनको ईच्छाकामना गाउँपालिका–४ स्थित धारापानी भन्ने स्थानमा सवारी साधनको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेको हाल नाम, थर, वतन खुलेको छैन ।
रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहा रहेका छन् ।
ठक्करबाट गम्भिर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ कर्रापुलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना अन्दाजी ३५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेको हाल नाम, थर, वतन खुलेको छैन ।
ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न शंकास्पद बस र मोटरसाइकललाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया