ठेकेदारले टेरेनन् नगरको निर्देशन, सुचारु भएन सडक ढलान

खोटाङ । सडक ढलानको जिम्मा लिएको ठेकेदारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ७ दिने ‘अल्टिमेटम’लाई कुल्चिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काम सुचारु गर्न दिइएको ‘अल्टिमेटम’लाई सूर्य विकास जेभीले पुरा गर्न नसकेको हो । मेयर तीर्थराज भट्टराईले सडक ढलानको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई हप्ता दिनभित्र काम सुचारु गर्न १६ जेठमा पत्राचार गर्दै समय सीमा दिएका थिए । तर, निर्माण कम्पनीले बजारको सडक ढलानको काम सुचारु गरेको छैन । दिइएको समय सीमाभित्र सडक ढलानको काम सुचारु नगर्ने निर्माण कम्पनीविरुद्ध कारबाही प्रकृया अघि बढाइने मेयर भट्टराईले बताए ।
नगरपालिकाले अवरुद्ध काम ७ दिनभित्र निर्माण कार्य पुःन सुचारु गर्नका लागि आवश्यक पहल गर्न सघन शहरी तथा भवन निर्माण योजना, ओखलढुंगालाई पनि निर्देशन दिएको थियो ।
दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको निर्माण कम्पनीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । आलटालको शैलीमा काम गर्दैआएको निर्माण कम्पनीले गत बैसाख दोश्रो साता यता काम ठप्प पारेको छ । लामो समयदेखि दिक्तेलबजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यतायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको तथा बजारबासीबाट व्यापक जनगुनासो आएको मेयर भट्टराईले बताए ।
निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो । तर कोभिड–१९ को महामारीका कारण देखाएर सडक ढलानको काम गत ८ माघसम्म थप गरिएको थियो । सुर्य विकास जेभीले करिब ३८ प्रतिशत कम रेटमा सडक ढलानको ठेक्का लिएको हो ।
बेस क्याम्पदेखि त्रिबेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँडडुल गर्न समेत असहज भएको व्यवसायी बताउँछन् । ठेक्का लागेको ५८० मिटरमध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाले जनाएको छ । पूर्वी पहाडका सबैजसो जिल्लाका सदरमुकाम ढलान भइसक्दा बल्ल दिक्तेलबजार ढलानको काम सुरु गरिएको हो ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया