मेलान १७ वर्षमा प्रवेश, स्थापना दिवसमा यस्ता छन् कार्यक्रम

काठमाडौं । स्वास्थ्य प्रयोगशालाकर्मीहरुको संगठन मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले बिहिबार आफनो १७ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ ।
‘सम्पूर्ण स्वास्थ्य प्रयोगशालाकर्मीहरुको एउटै चाहना, गुणस्तरीय, जनपक्षीय ब्यवस्थित तथा ब्यवसायिक स्वास्थ्य प्रयोगशालाको स्थापना′ भन्ने मूल नाराका साथ यस वर्ष मेलानले आफनो स्थापना दिवस मनाउन लागेको महासचिव रेशम अधिकारीले जानकारी दिए ।
मेलानले केन्द्रीयस्तरमा स्थापना दिवसको अवसर पारेर काठमाडौंको बुढानिलकण्ठको पवित्र समाज सेवामा निशुल्क स्वास्थ्य शिविर र ललितपुरको सुप्रण प्याथोलोजी क्लिनिक परिसर पाटन सुन्धरामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ ।
बिहिबार यी कार्यक्रम हुने महासचिव अधिकारीले जनाए ।
त्यस्तै प्रदेशस्तरमा पनि प्रदेश कमिटिहरुले आ आफनो अनुकुलतामा मेलान स्थापना दिवसको कार्यक्रम आयोजना गरिएका छन् । बागमती प्रदेश कार्यसमितिले ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभु लाछीमा पनि रक्तदानकै कार्यक्रम राखिएको छ ।
यो सस्था १६ वर्ष अगाडी स्थापना भएको थियो । अहिले यसको सन्जाल देशैभरका ल्याव प्रयोगशाला कर्मीहरुका वीचमा विस्तार भएको छ ।

















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया