माधव नेपालको प्रशंसा गर्दै केपी ओलीले भने : रक्सी खाएर प्रधानमन्त्रीले सही गर्ला !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँगको एसपीपीमा सहभागी हुनेबारे आफूलाई केही जानकारी नभएको बताएका छन् । शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले एसपीपीलाई लिएर आफूविरुद्ध भ्रम फिँजाइएको आरोप लगाए । ‘अस्तिमात्रै प्रचण्डले यो त केपी ओलीले गरेको भनेर भ्रम फिँजाए, झुठ र बेइमानीको पनि हद हुन्छ नि,’ ओलीले भने ।
प्रशिक्षणमा बोल्दै ओलीले सेनाप्रति समेत असन्तुष्टि जनाएका छन् । उनले माधव नेपालको समेत प्रशंसा गरेका छन् ।
‘माधवले एउटा ठिकै कुरा बोले, रक्सी खाएर प्रधानमन्त्रीले सही गर्ला भनेर,’ अध्यक्ष ओलीले नेकपा एमाले रक्सी नखाने भन्दै रक्सी खाएर सही पनि नगर्ने दाबी गरे । आजै बिहान बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीले ह्वीस्की खाएर सही होला सचेत हुनु भनेका थिए र
‘यदि, रक्सी खाएर महान संघर्षलाई बल दिन सक्ने भए मैले लड्ने गरी खाइदिन्थे, तर हामी निन्द्रामा पनि सतर्क हुनु पर्छ, जाली फटाहा छेउमा छ भने औलो समातेर सुत्नुपर्छ’, ओली भने ।















रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया