जितपुरकाे प्रसूति गृह, जहाँ गर्भवती महिलालाई बस्ने ठाउँसमेत छैन

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका(७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् ।
प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व्यवस्था छैन । त्यसैगरी प्रसूति गृहमा भ्याकुम डेलिभरीको सामान्य सुविधाको अभाव रहेको र गर्भवती महिलाहरूको लागि आराम गर्ने, बस्ने प्रतिक्षालयको समेत अभाव छ ।
जितपुरकी फातिमा खातुनले गर्भवती महिलाहरूको निदान गर्न गृहमा भिडियो एक्सरेको सुविधा नहुँदा वीरगन्ज धाउनुपर्ने अवस्था रहेको बताइन् । प्रसूति गृहमा दैनिक २५ जनाभन्दा बढी गर्भवती महिलाहरू स्वास्थ्य परीक्षण गराउन आउने गराएको स्वास्थ्यकर्मी मनिषा कुमारी चौधरीले जानकारी दिइन् ।
घनावस्ती र पथलैया–वीरगन्ज औद्योगिक करिडोरको मध्ये भागमा पर्ने सो प्रसूति गृहमा जितपुरसिमरा उपमहानगरपालिका तथा पर्साको पर्सागढी र वीरगन्ज महानगरपालिकाका केही वडाका गर्भवती महिलाहरूसमेत प्रसूति सेवा लिन आउने गरेका छन् ।
तर, आवश्यक उपकरण र सेवा उपलब्ध नहुँदा स्थानीय महिलाहरूले पीडा व्यहोर्नु परेको जितपुरसिमरा उपमहानगरपालिका हरपुरकी सल्या खातुनले बताइन् । गर्भवती सेवा लिन गत ५ फागुनमा जितपुरको प्रसूति गृह पुगेकी खातुनले तत्काल सेवा नपाउँदा पेटको बच्चा खेर गएको जानकारी बताइन्।
















सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया