विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने
मेरोन्यूज
२०७९ असार १५ गते १५:५०

काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषण घोषणा गर्ने गरेको छ। त्यसमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक्तिलाई विभूषणद्वारा सरकारले सम्मान गर्ने गरेको छ।
नेपाल राजपत्रमा प्रकाशित विभूषण (पहिलो संशोधन) नियमावली २०७७ अनुसार सरकारले हरेक वर्ष १ सय मानपदवी, ५० अलंकार र ५० पदक वितरण गर्दै आएको छ। यस्तै नेपाल रत्न एक र २ वटा राष्ट्र गौरव पदक वितरण गर्दै आएको छ।
सम्बन्धित
















खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया