बिहीबार, माघ १, २०८२

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला

मेरोन्यूज २०७९ असार १७ गते ११:००

काठमाडौं । नेपाल फाइनान्सले १७ असारदेखि १४ लाख ३९ हजार ४१२।७५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६।१८७ कित्ता र सर्वसाधारण समूहको तीन लाख दुई हजार ६९६।२७५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ ।

कम्पनीले यसअघि ६ जेठदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया