श्रममन्त्री कुँवरले गरे विद्युतीय प्रणालीका स्वास्थ्य सेवा प्रवाहको सुरुवात

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका छन् । सामाजिक सुरक्षा कोषले सोमबार मन्त्रालयमा आयोजना गरेको एक कार्यक्रममा उनले उक्त स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका हुन् ।
यस प्रणाली कार्यान्वयनमा जाँदा योगदानकर्ताले स्वास्थ्य उपचारको लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानु पर्ने र रकम शोधभर्नाको निम्ति कागजातसहित कोष कार्यालयमा जानु पर्ने झन्झटको अन्त्य हुने कोषले आशा व्यक्त गरेको छ । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना स्वास्थ्यसँग सम्बन्धित योजनाहरू हुन् ।
योगदानकर्ताको सुविधालाई मध्यनजर गरी परीक्षणका रुपमा स्वास्थ्य संस्थामार्फत औषधि उपचार सेवा प्रारम्भ गरेकाले कोषबाट प्रदान गरिने स्वास्थ्य सुविधा तोकिए बमोजिमका स्वास्थ्य संस्थामा गएर प्राप्त गर्न सकिने कोषको भनाइ छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत र दुर्घटनाबापतको सुविधा लिँदा शत प्रतिशत रकम कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी हुने छ । कोषमा आबद्ध स्वास्थ्य संस्थाको संख्या क्रमशः बढाउँदै लगिने कोषले बताएको छ ।
कोषसँग १२६ अस्पतालले एमओयू गरेका छन् । त्यसमध्ये अहिले २६ वटा अस्पतालहरुले सूचना प्रविधि प्रणालीमार्फत कोषसँग आबद्ध भई कोषका स्वास्थ्य सुविधा योजना प्रदान गरिरहेका छन् ।














छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया