एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । बैंकले जारी गरेको ऋणपत्रमा अब साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । बैंकले असार २२ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो । यसले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो ।
यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ । यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन । एसबीआईले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गरेको हो । यसमा वार्षिक १०.२५५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।














सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया