चलचित्र ‘दोख’ बनाउँदाका दु:ख यसरी सुनाउँछन् निर्देशक अनुप बराल

(२०७२ सालको शुरूमा सुटिङ युनिट बोकेर भोजपुरको दुर्गम गाँउमा पुग्दा अनुप बरालले सोचेका थिएनन् की, म एउटा परीक्षामा खरो उत्रिनुपर्नेछ भनेर । वैशाख १२ गते उनको परीक्षा शुरू भयो, जुन सात वर्षसम्म जारी रहनेवाला थियो, साढे सातको दशाजस्तो । २५/३० सिन सुटिङ भइसकेको आफ्नो दोश्रो निर्देशकीय फिल्म ‘दोख’ को सुटिङ गर्दैगर्दा देशमा विनाशकारी भूकम्प गयो । उनीहरू त्यहीँ हल्लिए । त्यो भूकम्पले ल्याएको कम्पनले फिल्ममा काम गरिरहेका प्राविधिकहरू धेरै हल्लिए, किनकी उनीहरूका घरहरू हल्लिएका थिए । त्यस अवस्थामा काम जारी राख्न सहज भएन । सुटिङ स्थगित भयो । समस्या यहीँ सकिएन । फेरि सुटिङमा जाने तयारी गर्दा मधेस आन्दोलन आयो, नाकाबन्दी भयो । यी सब काटेर जसोतसो सुटिङ त सके तर कोरोनाको महामारीले फिल्मको हलसम्मको यात्रालाई फेरि सुदूर बनाइदियो, उनको छातीमा एउटा बोझ बोकाएर । यो अवधिमा धेरै कुरा भएपनि उनीसँग एउटा कुरा हुन सकेन । र पनि, उनी थाकेनन् । उनको भगिरथ प्रयत्न जारी रह्यो । परिणाम सिनेमा हलसम्म आइपुगेको छ । यतिबेला सबै बोझ बिसाउन पाएकोमा उनी खुशी छन् । फिल्मको सात वर्ष लामो सकसको बारेमा कुरा गर्दा उनले आफ्ना अनुभव यसरी पोखे :- )
भूकम्पले सिनेमा रोकिँदाको मनस्थिती
२०७१ सालको चैत महिनातिर हामी सुटिङका लागि हिँडेका थियौं । त्यो बेलामा एउटा प्रिप्लान प्रिप्रोडक्शनका सबै कार्यहरू गरेर राम्रोसँग सुटिङ सकाउने भनेर गएका थियौं । तर भूकम्प आयो, नराम्रोसँग आयो । हामी पनि हल्लियौं । हाम्रा प्राविधिक साथी भाईहरूको घर हल्लिएको हुनाले । देशै एउटा दुःखद् अवस्थाबाट गुज्रिरहेको थियो । हामीले सुटिङ बन्द गरेर यस्तो स्थितिमा अघि बढाउनु हुन्न भन्ने सोचर फर्कियौं । फर्किएपछि फेरि अर्को कुन समयमा जाने भनेर तयारी गर्दै थियौं । त्यसको बीचमा तयारी गर्दागर्दै साथीभाइहरू पनि मान्नुभयो । एउटा इन्कम्पिल्ट फिल्म थियो, कम्प्लिट गर्नुपर्छ, सबैको दुःख मिसिएको छ भनेर उहाँहरू पनि जोरजाम गर्नुभयो ।
प्रोड्यूसरको साइडबाट पनि तयारीमा लागियो । जाने बेलामा फेरि मधेस आन्दोलन भयो । ब्लकेड भयो । भोजपुर पुग्न पर्ने, यहाँबाट दुई दिनको बाटो थियो, मधेसकै बाटो भएर जानुपर्ने । जान सकिएन, त्यसपछि फ्लाइटमा जानसकिन्छ की भनेको, भोजपुरमा फेरि हप्तामा एउटा फ्लाइट हुँदो रहेछ । सानो फ्लाइट मात्र जाँदो रहेछ । खर्चिलो पनि एकदमै धेरै हुने सम्भावना बढेकाले, फेरि थाँती राख्यौं । त्यसपछि फेरि लगभग २०७३ साल टेकिसकेको थियो । हामी फेरि गयौं । त्यतिखेर जाँदा धेरै कुरा परिवर्तन भइसकेको थियो । जस्तो, कास्टिङका लागि गाउँका बालबालिकाहरूलाई छानेका थियौँ । उहाँहरू ठूलो भइसक्नुभएको थियो । चेन्जेज आउनेबित्तिकै फेरि त्यसको तयारी गर्नुप¥यो त्यहाँ गइसकेकपछि त ।
एउटा स्कुल थियो, हामीले सुटिङस्थल बनाउने भनेर छानेका थियौं । त्यो स्कुलमा उहाँले के गरिदिनुभएछ भने सुटिङ गर्ने मानिसहरू आउँछन्, यो नयाँ देखाउनुपर्छ भनेर फेरि रंगाइ दिनुभएछ । फेरि त्यसमा काम गर्नुप¥यो । ठाउँ एकदमै अफ्ठ्यारो थियो, जहाँ सुटिङ गर्नुपर्ने थियो । वेदरको कारणले, भौगोलिक हिसावले पनि । जतिखेर पनि हावाहुरी चलिरहेको हुन्थ्यो । हामी घरमा बस्दाखेरी पनि भूकम्प गइसकेको भएर फेरि भूकम्पले भेट्ने हो की । यो भूकम्प आएको हुनाले बीचबीचमा झस्काइराको हुन्थ्यो । जे होस्, त्यसपटक भने ४२ दिन, ४५ दिनको सेड्यूल थियो । सुटिङ सक्यौं । त्यसपछि आयौं ।
आएपछि त्यो बजेट त एकदमै बढेर गयो । दुई-दुईपटक बढेर जाँदा एकदमै चेन्ज (परिवर्तन) आइसकेको थियो । जुन क्यामेरा लगेर खिच्ने तयारी गरेको थियौं, त्यसको ठाउँमा अलिक महँगो क्यामरा लानुपर्ने स्थिति आयो । किनभने लेन्सहरू जुन हामीले युज (प्रयोग) गर्न चाहेका थियौं, नपाएपछि अर्को अपसनल लेन्सको लागि जाँदा महँगो प¥यो । डबल खर्च भएपछि त एक्स्ट्रिम हाइ भइहाल्यो बजेट, पोस्टप्रोडक्शन गर्ने पैसा नै थिएन । त्यसपछि पैसा खोज्दै, प्रोड्यूसरहरूले अस्ट्रेलियाबाट पठाउनु हुन्थ्यो । त्यसले एउटा–एउटा काम गर्दै पूर्णता दियौं ।
रिलिज गर्न तयार भनेर बसेको कोभिड आयो । कोभिडले साढे दुई वर्ष यसै धकेल्दियो । ठूलो महाभारतको युद्ध लडेर आएजस्तो लागेको छ । भन्छन् नि, कसैले फिल्म बनाउनु भनेको एउटा पहाडलाई एक ठाउँबाट उचालेर एक ठाउँबाट अर्को ठाऊँमा स्थापित गराउनुजस्तो हो । साह्रै गाह्रो रहेछ । पहाड उठाउनु र राख्नु भन्ने कुरा ।
त्यसपछि दोहोरएर सुटिङमा निस्कदाँ
प्रस्पेक्टिभमा खासै त्यस्तो चेन्ज त आएन । तर लोकेसनवाइज कुन सहज हुन्छ भनेर हामीले महशुस ग¥यौं । त्यसले त्यो सक्न छिटो पनि भयो हामीलाई । पहिले गएको बेला भए एकदम एक्सटेण्ड भएर जान्थ्यो । लोकेसनहरू पनि वेदरका कारणले एकैछिनमा बादल लाग्थ्यो, एकैछिनमा पानी पथ्र्यो ।
अनि कन्ट्यूनिटीको जर्क हुने एकदमै ठूलो सम्भावना पनि उत्तिकै भएको हुनाले पछि हामीले त्यस्तो कुराहरू कसरी कन्ट्रोल गर्ने र बाहिरको भौगिलिक अवस्थालाई कसरी कन्ट्रोल गर्ने भनेर प्लानिङ गरेको भएकाले खासै असर भएन । अझै कति कुराहरू पहिले सोचेकोमा कति सिन त पहिल्यै गरिसकेको थियो । २१ वटा सिन पहिला नै गरिसकेको भएर हामीलाई सजिलो भयो, किनभने फेरि दोहो¥याएर गरिराखेको थियौँ ।
दोखको कथाबस्तु
मुलतः यो एउटा द्न्वद्वकालिन समयलाई पृष्ठभूमिमा राखेर त्यसले समाजमा पारेको एउटा प्रभाव, त्यसको बाछिटा नै देखाउन खोजेको हो । युद्धको कुरा नेपाली फिल्ममा धेरै आएका छन्, मेनस्ट्रिममा बनेका छन् । यसमा त्यो युद्धलाई ग्लोरीफाइ गर्न खोजेका छैनौ । तत्कालिन समयमा एउटा समाजभित्र बसेका मानिसहरू एउटा खुशी, इष्र्या र सँगसँगै त्यो युद्धले पारेको प्रतिशोधको भावनलाई नै मानवीय संवेदनाहरूलाई उक्याउने कोशिस गरेको छ ।

वान लाइनर सोध्नुहुन्छ भने एउटा सामुदायिक वन छ, त्यो दुई दुईवटा गाँउ जहिले नि मेरो वन भनेर झगडा गरेर बस्छन् । अनि एकले अर्काको प्रतिशोध नि साँधिरहेका हुन्छन् । अनि पिटापिट नि गर्छन्, त्यहाँका युवाले एकले अर्कालाई । यसैक्रममा यो कुरा द्न्वद्वकालिन समयमा कमरेडहरू त्यो कुरा जनतामा कसरी बिस्तार गर्ने, आफ्नो पकड बनाउने भनेर त्यो उनीहरूको समस्यालाई कसरी सम्बोधन गर्ने भनेर हिँडिराख्न हुन्थ्यो । अनि यसैक्रममा उहाँहरू यो ठाँउमा पुग्नुहुन्छ । अनि समस्या के हो भन्दा समस्या वनको भन्दा पनि फुटबलको रहेछ । फुटबलमा हारेपछि एकले अर्कालाई पिट्दा रहेछन् ।
अनि समाजमा के रहेछ भन्दा वन कसको हो भनेर छिनोफानो गर्नलाई फुटबल खेल्नुस् जसले जित्छ उसैको वन हुन्छ भनेर उहाँले एउटा निर्णय दिनुहुन्छ । त्यसपछि युवाहरू थोरै छन् गाँऊमा त्योबेला एउटा शिक्षक पढाउन गाँउमा आइपुग्नुहुन्छ । जो फुटबल पनि खेल्न जान्ने हुनुहुन्छ । उसले कसरी टिम जम्मा गर्छ र वन कसको हातमा जान्छ । समस्या बढ्छ या घट्छ भन्ने सिनेमाले भन्छ ।
नाटक र सिनेमावीचको फरक
सिनेमा भनेको फरक कुरा हो । सिनेमा र थिएटरमा फरक कस्तो हुन्छ भने धेरै सिनहरू हुँदैनन्, केही सिनहरू हुन्छन् अनि तीन÷चार दिनको घटनाहरू टक्क भन्ने कुराहरू हुन्छ । सिनेमा भनेको त एउटा करिवकरिव कालखण्ड हो । यस महिनौ दिन लाग्ने वा तिनै दिनलाग्ने भएपनि लेन्थ हुन्छ, सिनेम्याटिक टाइमफ्रेम भन्छौं । त्यो हिसावले धेरै कुराहरू फरक छ । मैले थिएटरमा धेरै मेटाफोरहरू खेल्छु । कल्पनाको लागि धेरै गुञ्जायसहरू हुन्छ ।
तर सिनेमामा केही चिजहरू देखाउनुपर्यो भने भिज्वल्ली त्यो चिजहरू देखिनुपर्छ । खोला देखाउनलाई कपडालाई अलिकति हल्लाएर नदीहरू क्रिएट गर्न सक्नुहुन्न । सिनेमामा त्यो देखाएर मान्छेहरूले पत्याउनुहुन्न । एक्चुअल स्पेसमा गएर, त्यो भूगोलमा गएर भूगोलमा गएर आउनु साउण्ड भयो साउण्डसँग जोडिएका मान्छेका भाषाका एसेन्टहरू भयो सबै चिज गाह्रो हुन्छ देखाउन । थिएटरको कति कुराहरू सिनेमाले पाएको छ । कतिपय सिनेमाहरू थिएटरले सापटी लिएको छ ।
यस्तो कहिले कहिले मलाई डिजोल्भ गर्ने लाइटको फेड इन फेड आउट गर्ने कुराहरू ठ्याक्कै थिएटरबाट सिनेमामा गको जस्तो लाग्छ । त्यो पछि टेक्नोलोजीले गरेर ल्याएको चिजहरू हो । कति चिजहरू मिल्छ पनि कति चिजहरू छुट्याउन जान्नुपर्छ र धेरै मेटाफोरहरूलाई यसमा नखेलौँ सकेसम्म ढ्याक्क जे भन्न सकिन्छ त्यसमै जाउँ भनेर गरिएको छ ।
कुनै पात्रहरू स्वभाव अनुसार लार्जर देन लाइफ बनाउने कोशिसहरू पनि भएको छ । कति साँच्चिकै जनजीवनबाट आएका जस्तो । मैले कास्टिङ गर्दा नै सकेसम्म अलि पूर्वकै भाषाहरू बोल्नसक्ने मानिसहरूलाई ल्याउने कोशिस गरें । दिया मात्रै होला सायद काठमाडौंबाट गएर काम गरेको, बाँकी धेरैजसो पूर्वकै कुनै समय गाँउठाउँमै बसेका मानिसहरू जसलाई भाषासँग एक किसिमको लगाव छ, त्यो चिजहरू आउला भन्ने हिसावले पनि , रहनसहनको हिसावले पनि त्यो जीवन देख्नुभएको छ । अनि त्यो कालको केही न केही छाप महशुस गर्न सक्नुभएको छ । कतै न कतैबाट त्यो साहित्यको माध्यमबाट पढेर हुनसक्छ । अडिसन लिनेबेलामा हामीले कोशिस गरेको छौं । त्यो सकेसम्म नजिक गएको छ काम गर्ने हिसावले कुनै कुनै पात्रहरू फेरि कस्तो छन् भने जीवनमा आफैँ लाउड भएर आउँछन् नि त्यस्तो पात्रहरू पनि छन् ।
प्रतिक्रिया कस्तो ?
मलाई भाष्य हो, न्यारेटिभ कसरी निर्माण भएको छ भन्ने कुराले चिन्ता लाग्ने हो । अब मलाई यो प्रिजेन्टसनको सबालमा भन्दा पनि यसले बनाएको, कथाले, यो डाइरेक्टरले के भन्न खोजेको छ भन्ने बुझाउन सकेँ की सकिन भन्ने एउटा प्राइम कन्सर्न हुन्छ होला । एउटा बौद्धिक अडियन्सहरूले मलाई हेर्दा त्यसरी हेर्छन् । एउटा आम दर्शकले हेर्दा यसले कति इन्ट्रेस्टिङ तरिकाले कथा भनिरहेको छ भन्ने होला ।
जुन अहिलेको नयाँ पुस्ता छन् उनीहरूले गाँउको परिवेश देख्छन्, त्यसमा पनि नयाँ भूगोलसँग परिचित हुने मौका हुने र चरित्रहरू पनि एक हिसावले रमाइला छन् । ह्यूमर पनि छ, यसमा ठाउँहरूमा । अनि इन्गेज गर्नका लागि हुन्छ नि त्यो अलअलि ड्रामाटिक ट्विस्टिङहरू पनि छ । सो बाँध्छ जस्तो लाग्छ । एक हिसावले द्न्वद्वकालको कुरा हो । द्न्वद्वकाललाई सिधा एउटा पक्षविपक्ष नभनिकन बीचमा बसेर, तटस्थ बसेर भन्न सकियो भने सायद बढी हामीले भन्न खोजेको कुराहरू आउँछ होला लागेर तटस्थता अपनाउने कोशिस गरेका छौं, त्यो कति आएको छ हेरेर भन्न सकिन्छ । त्यो दर्शकले भन्ने कुरा हो ।
म आफ्नो फिल्मको बारेमा आफैँ भन्न हिच्किचाउँछु । साह्रै गाह्रो हुन्छ आफूलाई भन्नलाई । त्यो कस्तो हुन्छ भन्दा कुनै कृतिलाई लेख्नुभयो अनि मार्केटिङ गर्ने हिसावले भन्नुहुन्छ नि अनि पछि गएर त्यो पाउनुभएन भने त्यो ठूलो डिस्एपोइन्मेण्ट हुन्छ । अनि त्यो हिसावले मलाई त्यो ठ्याक्कै यस्तो भनेर भन्न सक्दिन । मैले एउटा इमानदार प्रयत्न गरेको हो काम गर्ने हिसावले, एउटा समयको कालखण्डको, एउटा मनोदशा मान्छेहरूको ।
अब कसरी पुग्छ, कसरी छुन्छ । हामी त कोशिस गर्ने न हो । सकेसम्म मानिसहरूलाई छोइदियोस् । हामीले भन्न खोजेको कुरा धेरै जनमानसमा पुगोस् भन्ने हुन्छ । तर एक्ज्याक्ट्ली कसरी छुन्छ ? डाइरेक्टरलाई मरिदिनुुपर्छ रे क्या फिल्ममा, मोह पालेर बस्न हुन्न रे । सायद त्यो जिम्मेवारीबाट अलि मुक्त भएको छु जस्तो लाग्छ ।
‘फिटकिरी’ र ‘दोख’ छान्नुपर्दा
केही चिजहरू फिटकिरीमा पनि राम्रा थिए अहिले फर्केर हेर्दा, त्यसका लुपहोल आफ्नै ठाऊँमा थिए । त्यसलाई २० मिनेट छोट्याउन सकेको भए अझै फाइन भएर आउनसक्थ्यो कि लाग्छ । कति कुरा आफूलाई थाहा हुन्न आफूले हेर्दा । बनाइसकेपछि केही मान्छेहरूलाई हाम्रो संस्कार पनि हुनपर्ने रहेछ । बनाइसकेपछि केही सर्टेन मान्छेहरूलाई देखाएर त्यसको लुपहोल के छ ?, भनेर देखउने संस्कार भइदियो भने सायद त्यसले चेक एण्ड ब्यालेन्स गर्नलाई र अझै अर्को प्रस्पेक्टिभबाट हेर्न सिकाउँदो रहेछ ।
हामी आफ्नो काम गरेको छ अनि आफ्नो काममा एउटा लुपहोल बन्दोरहेछ भयंकर नै ग¥यौं कि के हो जस्तो । अनि पछाडी गएर अरूले हेरिदिँदा उनीहरूले हेर्दा थाहा हुने आफूले हेर्दा थाहा नहुने रहेछ । यसमा अब ठ्याक्कै के भन्नु । एउटा सिर्जना कर्तालाई त त्यो पनि राम्रो यो पनि राम्रो तर पर्सनल ग्रोथको हिसावले स्टोरी त्यो मोर क्राइम थ्रिलरजस्तो थियो, यो अब सोसल ड्रामा हो । अलिकति कहीँ कतै राजनीति पनि मिसिएर आएको छ । एकदमै खतरा डिफ्रेन्स मैले यो मनप¥यो भन्न गाह्रो छ ।










नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया