रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । दुई नेताबीचको फोनमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ ।
सोमबार भएको सो कुराकानीमा दुई देशबीचको आर्थिक सहयोग र साझेदारीका विषयमा पनि कुराकानी भएको बताइएको छ । युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी हुनुका साथै रुस र युक्रेनको युद्धका कारण भएको खाद्यान्न संकटको अवस्थामा युक्रेन र अरु विश्वका लागि के कसरी खाद्यान्न आपूर्तिको अवस्थाको व्यवस्थापन गर्ने भन्ने विषयमा पनि उनीहरुका वीचमा कुराकानी भएको बताइएको छ ।
रुसले युक्रेनमा हमला गरेपछि पछिल्ला दिनमा विश्वमा नै खाद्यान्न अभाव हुदै गएको छ । युक्रेनका लागि र युक्रेन भएर हुने खाद्यान्न आपूर्तिका सम्बन्धमा विश्वका विभिन्न देशले यसको विकल्पका बारेमा छलफल गरिरहेका छन् ।










मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया