गिरफ्तारबाट बच्न विदेश जान चाहन्छन् श्रीलंकाका राष्ट्रपति गोटाबाय

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले मंगलबार विमानस्थलमा अध्यागमनको अपमानजनक अवरोधपछि टापुबाट भाग्न नौसेनाको गस्ती जहाज प्रयोग गर्ने विचार गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
गोटाबायाले बुधबार राजीनामा दिएर शान्तिपूर्ण सत्ता हस्तान्तरणको बाटो खुला गर्ने वाचा गरेका थिए । देशमा अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर उनीविरुद्ध व्यापक प्रदर्शन भएको थियो । प्रदर्शनपछि ७३ वर्षीय गोटाबाय राष्ट्रपति निवासबाट अज्ञात स्थलतर्फ भागेका थिए ।
राष्ट्रपतिको रूपमा राजापाक्षेलाई गिरफ्तार नहुने भएकाले हिरासतमा पर्ने सम्भावनाबाट बच्न पद त्याग्नुअघि नै उनी विदेश जान चाहना राखेको बताइएको छ । गोटाबाय आफ्नी पत्नीसँगै दुबईमा जान खोजेको अधिकारीले बताएका छन् । विमानस्थलमा अध्यागमनका अधिकारीले उनको राहदानीमा छाप लगाउन अस्वीकार गरेका थिए ।
राष्ट्रपति र उनकी श्रीमतीले संयुक्त अरब इमिरेट्स जाने चार उडान छुटेपछि बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको सैन्य आधारमा रात बिताएका थिए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया