गिरफ्तारबाट बच्न विदेश जान चाहन्छन् श्रीलंकाका राष्ट्रपति गोटाबाय

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले मंगलबार विमानस्थलमा अध्यागमनको अपमानजनक अवरोधपछि टापुबाट भाग्न नौसेनाको गस्ती जहाज प्रयोग गर्ने विचार गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
गोटाबायाले बुधबार राजीनामा दिएर शान्तिपूर्ण सत्ता हस्तान्तरणको बाटो खुला गर्ने वाचा गरेका थिए । देशमा अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर उनीविरुद्ध व्यापक प्रदर्शन भएको थियो । प्रदर्शनपछि ७३ वर्षीय गोटाबाय राष्ट्रपति निवासबाट अज्ञात स्थलतर्फ भागेका थिए ।
राष्ट्रपतिको रूपमा राजापाक्षेलाई गिरफ्तार नहुने भएकाले हिरासतमा पर्ने सम्भावनाबाट बच्न पद त्याग्नुअघि नै उनी विदेश जान चाहना राखेको बताइएको छ । गोटाबाय आफ्नी पत्नीसँगै दुबईमा जान खोजेको अधिकारीले बताएका छन् । विमानस्थलमा अध्यागमनका अधिकारीले उनको राहदानीमा छाप लगाउन अस्वीकार गरेका थिए ।
राष्ट्रपति र उनकी श्रीमतीले संयुक्त अरब इमिरेट्स जाने चार उडान छुटेपछि बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको सैन्य आधारमा रात बिताएका थिए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया