ब्रिटिस काउन्सिलको शुल्क अब इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौँ । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम परीक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो ।
अबदेखि आइएलटिएस परीक्षा दिने परीक्षार्थीले आफ्नो इसेवा खाताबाट सीधै रकम भुक्तानी गर्न सक्ने छन् । साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्कमार्फत उक्त शुल्क भुक्तानी गर्न सकिने छ । उक्त विद्युतीय भुक्तानी प्रविधिले विद्यार्थीलाई सहजता पुग्ने अपेक्षा गरिएको छ ।
इसेवाले हाल ५७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि दुर्गम विकट बस्तीमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सुरक्षित, भरपर्दो र छिटो छरितो सेवा सुविधा प्रधान गर्दै आफूलाई विश्वनीय विद्युतीय भुक्तानी प्ररादायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट भुक्तानी, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज टिकट, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
उक्त भुक्तानीमा आकर्षक क्यासब्याकसमेत प्रदान गर्दै आएको छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।















मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
भक्तपुरमा चलचित्र महोत्सव हुँदै
‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु ’
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया