आइतबार, पुष १३, २०८२

बालबालिकालाई लगाउने १० लाख भन्दा बढी खोप अमेरिकाले दियो

मेरोन्यूज २०७९ असार ३१ गते १२:२४

काठमाडौं । अमेरिकाले बालबालिकाका लागि कोरोना विरूद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन उपलब्ध गराएको छ ।
याे खाेप ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउने गरिन्छ ।
१० लाख ८ हजार डोज भ्याक्सिन बिहीबार बेलुकी नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

योसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निशुल्क उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया