ब्रिटिस एजुकेशन ग्रुपको मदरल्याण्ड स्कुलमा ‘इड्ज प्रोगाम’

काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले इड्ज प्रोगाम सुरु गरेको छ । यो कार्यक्रम छात्राहरुको सशक्तिकरणका लागि लक्षित रहेको छ ।
इड्ज (एजुकेशन एण्ड डिजिटल फर गल्स एजुकेशन) कार्यक्रम किशोरीहरुको अंग्रेजी, आइटी र सामाजिक सीपको विकास गर्नेमा लक्षित रहेको छ ।
मदरल्याण्डमा यो कार्यक्रम जुन २९ देखि सन् २०२३ को अप्रिलको अन्त्यसम्म चल्नेछ । यस कार्यक्रमका लागि २० जना किशोरीहरु छनोट गरिसकेको स्कुलले जनाएको छ । उनीहरुको समुहलाई अंग्रेजीको मुल्यांकनपछि छनोट गरिएको स्कुलले जनाएको छ । यो कार्यक्रमबाट उनीहरु सबैभन्दा बढी लाभान्वित हुने र सफलता हासिल गर्ने अपेक्षा लिइएको छ ।
स्कुल म्यानेजर शंकर पुडासैनीले प्रत्येक हप्ताको दुई घण्टाको सेसनलाई सम्बोधन गर्ने छन् । उनले भने, ‘हामी छात्राहरुलाई उनीहरुको अधिकार र जिम्मेवारीको पहुँचबारे जानकारी दिन चाहन्छौँ । उनीहरुको भविष्यको सम्भावनालाई सुधार गर्न समान अवसर उपलब्ध गराउन चाहन्छौँ ।’
मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल, चितवन सन् १९९७ मा स्थापना भएको हो । सन् २०२१ मा द ब्रिटिस कलेजले आफ्नो स्वामित्वमा लिएको थियो । दुरदराजमा रहेका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उदेश्यले ब्रिटिस कलेजले मदरल्याण्ड स्कुल आफ्नो स्वामित्वमा लिएको थियो । सोही उद्देश्यका साथ गुणस्तीय शिक्षा प्रदान गरिरहेको स्कुल प्रशासनले जनाएको छ ।














बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया