मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आजदेखि साधारण शेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
१२ साउनसमम् आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस ९आईएस० रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया