एउटा सर्पका कारण जापानका १० हजार घर विद्युतविहिन

टोकियो । जापानका करिब १० हजार घरहरू विद्युतविहिन भएका छन् । विद्युत सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो ।
न्युजविकका अनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए । सो दिन जापानमा अत्यधिक तापमान बढेको थियो । तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अन्वेषकहरूले लोडसेडिङको कारण पत्ता लगाउन सफल भए । सवस्टेसनभित्र सर्पको अवशेष फेला परेका थियो ।
अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूले घटनाबारे पत्ता लगाउँदा सर्प जलिरहेको थियो । सर्पलाई करेन्ट लागेको थियो । जसका कारण धुवाँको मुस्लो निस्किएको थियो । धुवाँ निस्केपछि ६ ओटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका थिए ।
सुरक्षाका कारण तत्काल बत्ति बन्द भएको थियो । १० हजार घरले प्रयोग गरेको उक्त वत्ति पुनः आउन झन्डै एक घन्टा लागेको थियो । लोडसेडिङका कारण पंखा र एसी चलाउन नपाउँदा आफूले पसल बन्द गर्नुपरेको एक नाइले बताएका छन् । सर्पको समाचारले त्यहाँका बासिन्दाहरूमा पनि धेरै चासो जगाएको जापान टुडेले जनाएको छ । सर्पले सहरको बिजुली अस्तव्यस्त बनाउन कसरी सफल भयो भनेर धेरैले आश्चर्य व्यक्त गरेका थिए ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया