सानिमाका सबै खातामा मासिक ब्याजसँगै बम्पर योजना

काठमाडौँ । नयाँ आर्थिक वर्षलाई लक्षित गरी सानिमा बैंकले सम्पूर्ण निक्षेप खातामा मासिक ब्याज प्रदान गर्ने भएको छ ।
बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खातामा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खातामा लागू भएको छ ।
साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ ।
मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिने छ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ ।
मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकमसमेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ्ग खातासमेत सुरु गरेको छ । यसमा भविष्यमा ब्याज घट्ने चिन्ता हुँदैन ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।















एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया