सेनाको विमान चार्टर भाडा उठाउने रकम दुई करोड पुग्यो

काठमाडौँ । नेपाली सेनाले ४३ वर्षदेखि आफ्ना हेलिकोप्टर र जहाज भाडामा लगाउँदा लागेको भाडा उठाउन नसक्ने भएको छ ।
प्रत्येक वर्ष यस्तो रकम थपिदै जाँदा सेनाले हेलिकोप्टर तथा जहाज चार्टर गरेबापत उठाउन बाँकी रकम अहिले एक करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०३४-३५ देखि २०७७-७८ सम्म सेनाले उठाउन बाँकी चार्टर भाडा एक करोड ८९ लाख रुपैयाँ पुगेको उल्लेख गरिएको छ ।
‘विवरणअनुसार ८ निकायबाट आर्थिक वर्ष २०७७-७८ को चार्टर भाडा ७१ लाख १९ हजार र २०३४-३५ देखि २०७६-७७ सम्मको १ करोड १८ लाख ३५ हजार रुपैयाँ समेत एक करोड ८९ लाख ५४ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ, बक्यौता रकम समितिको कार्य विधिअनुसार असुल गर्नु पर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।
नेपाली सेनामा रहेको सैनिक विमान चार्टर उडान समितिले सैनिक विमान भाडामा दिने काम गर्छ । समिति मातहतमा रहेका १७ जहाजमध्ये एउटा मर्मतका लागि रहेको र ६ वटा सेवा दिन नसक्ने अवस्थामा छन् ।
आर्थिक वर्ष २०७७-७८ मा सेनाको १० वटा जहाजले २४१ घण्टा उडान गरेको थियो । सेनाले हवाइ साधनबाट आर्थिक वर्ष २०७६-७७ मा १९ करोड ३३ लाख ६९ हजार आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७७-७८ मा यो रकम १६ करोड ४४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया