चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ ।
नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
पछिल्लो समय सेयर बजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरमा गएसँगै नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरिदिएका कारण पनि कारोबार घट्न पुगेको हो ।
आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिद(बिक्री भएको छ । कम्पनीको आज एकैदिन नौ करोड ३४ लाख रुपैयाँभन्दा माथि कारोबार भएको छ ।
त्यस्तै, एसिएन लाइफ इन्स्योरेन्सको सात करोड ३९ लाख, अपि पावरको पाँच करोड ८९ लाख, अपर तामाकोसीको ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको चार करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया