‘द कपिल शर्मा’ शोमा फेरि डा.गुलाटीका रुपमा देखिँदै सुनिल ग्रोवर
मेरोन्यूज
२०७९ साउन ४ गते २२:३२

काठमाडौं । चर्चित रियालटी शो ‘द कपिल शर्मा’ शोमा डा.मशहुर गुलाटीको चरित्रबाट चर्चित सुनिल ग्रोवर पुनः गुलाटीको चरित्रमा पुनरागमन गर्ने भएका छन् ।
सोनी टिभीले हालै सार्वजनिक गरेको कमेडी शो ‘इन्डियाज लाफ्टर च्याम्पियन’ को प्रोमोमा सुनिलको डा.मशहुर गुलाटीको रुपमा प्रस्तुति पनि देख्न सकिन्छ । प्रोमोमा उनी डा.मशहुर गुलाटीको रूपमा स्टेजमा प्रवेश गरेका छन् ।
अर्चना पूरन सिंह र शेखर सुमन निर्णायक रहेको शोमा सुनिल अर्चना पूरन सिंहसँग फ्लट गरिरहेको समेत देखाइएको छ । दर्शक सुनिल ग्रोवरको यो चरित्र फेरि हेर्न उत्साहित छन् ।
सुनिलले २०१६ मा कपिल शर्मासँगको झगडापछि ‘द कपिल शर्मा’ शो छोडेका थिए । यसपछि सुनील ग्रोवरले फिल्म, वेब सिरिज र अन्य प्रोजेक्टमा मात्र ध्यान दिएका थिए । अब भने उनी फेरि पुरानै चरित्रमा देखिने भएका हुन् ।
सम्बन्धित










खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया