श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्देना नियुक्त
मेरोन्यूज
२०७९ साउन ६ गते ११:४९

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्देना नियुक्त भएका छन् । राष्ट्रपति रनिल विक्रमासिंघेले गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन्।
उनले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।
गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अहिले सांसद छन्। केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई गृहमन्त्री नियुक्त गरेका थिए।
गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुन्। उनको पार्टीका संसदमा २ जना सांसद छन्।
दुई दिनअघि राष्ट्रपति बनेका विक्रमासिंघे पनि संसदमा आफ्नो पार्टीका एक्ला सांसद थिए।
राजापाक्षे परिवार सत्ताबाट बाहिरिएर नयाँ व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बने पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन।
सम्बन्धित
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया