बुधबार, चैत २५, २०८२

युरोपका ४४ देशमा एकसाथ ‘प्रेमगञ्ज’

मेरोन्यूज २०७९ साउन ८ गते १२:२०

काठमाडौँ । फिल्म प्रेमगञ्ज युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रेमगञ्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको छ । जर्मनको फिल्म वितरक कम्पनीले प्रेमगञ्न जर्मनी, अष्ट्रिया, पोल्याण्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन गर्न लागेको हो ।

‘अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो, अहिले हामीले पैसाभन्दा बाटो खोजिरहेका छौँ, यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्ने छ,’ निर्देशक परिच्छेद सेनले भने । प्रेमगञ्ज भारतमा पनि प्रदर्शन हुने छ ।

प्रतिक्रिया