शनिबार, पुष १२, २०८२

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

मेरोन्यूज २०७९ साउन १४ गते १८:५४

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले बताए ।

उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

प्रतिक्रिया