आइतबार, माघ ४, २०८२

भारतमा पढ्न जाने विद्यार्थीका लागि एड्मिसन विक हुँदै

मेरोन्यूज २०७९ साउन १५ गते १९:०५

काठमाडौँ । भारतमा पढ्न जाने विद्यार्थीका लागि सहजकर्ताको भूमिका निभाउँदै आएको जे आर एजुकेसन ग्रुपले अगस्ट १ देखि अगस्ट ७ तारिख सम्म (श्रावण १६ देखि २२ गतेसम्म) स्ट्डी इन इण्डिया एड्मिसन विक आयोजना गर्ने भएको छ । सन् २०१६ मा स्थापना भएको यस ग्रुपले नेपाली विद्यार्थीलाई भारतमा पढ्नका लागि सहयोग गर्ने उद्देश्यले काठमाडौँको माइतीघरमा विक आयोजना गर्न लागेको हो ।

यस अवसरमा सोना कलेज अफ टेक्नोलोजी, शारदा युनिभर्सिटी, शुशान्त युनिभर्सिटी, पामप्री इन्जिनियरिङ कलेज, आदित्य इन्जिनियरिङ कलेज, भीभी आईटी, भाइ गुरुदास ग्रुप अफ इष्टिच्यूसन्, सीटी युनिभर्सिटीलगायतका शैक्षिक संस्थाले एड्मिसन विकमा भाग लिनेछन् ।

यस क्रममा इन्जिनियरिङ, प्यारामेडिकल, म्यानेजमेन्ट, ल, हस्पिटालिटी, नर्सिङलगायतका विषयमा विद्यार्थीहरूले प्रत्यक्ष विश्वविद्यालय, कलेज र इन्स्टिच्युटका प्रतिनिधिसँग कुराकानी गर्न पाउने छन् ।

एड्मीसन विकमा भाग लिने विद्यार्थीले आकर्षक गिफ्ट प्राप्त गर्ने छन् । यस्तै, विश्वविद्यालयका टिमबाट एकेडेमिक सर्टिफिकेटका आधारमा इन्स्टिच्युसनल छात्रवृत्तिसमेत प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया