विश्वभर दैनिक चार हजार मानिस एचआइभी संक्रमित
काठमाडौँ । विश्वभर प्रत्येक दिन करिब चार हजार जनामा एचआईभी संक्रमण हुने गरेको पाइएको छ । राष्ट्रसंघले आइतबार यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै सो विवरण सार्वजनिक गरेको हो ।
राष्ट्रसंघले ट्विट गर्दै एचआईभी संक्रमण नियन्त्रणमा प्रगति सुस्त रहेको जनाउँदै यसविरुद्ध जनचेतना जगाउन र नियन्त्रण गर्न लगानी बढाउनसमेत आग्रह गरेको छ । एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्र संघीय कार्यक्रम विश्वव्यापी एचआईभी प्रतिक्रियाको पछिल्लो तथ्यांकले कोभिड १९ र अन्य विश्वव्यापी संकटका पछिल्ला दुई वर्षमा एचआईभी महामारीविरुद्ध प्रगति कमजोर भएको बताएको छ ।
यसविरुद्ध परिचालन हुने स्रोतहरू संकुचित भएका छन् । जसले लाखौंको ज्यान जोखिममा रहेको तथ्यांकले देखाएको छ । नयाँ संक्रमणको संख्या सन् २०२० र २०२१ को बीचमा विश्वव्यापी रूपमा केवल ३.६ प्रतिशतले घटेको छ । जुन नयाँ एचआईभी संक्रमणमा सन् २०१६ यताको सबैभन्दा कम अनुपातमा घटेको विवरण हो ।
प्रतिवेदनले महामारी नियन्त्रण गर्न तत्काल कदम चालिएन भने विनाशकारी परिणाम आउने जनाएको छ । यदि, यही दरमा संक्रमण बढ्दै गए सन् २०२५ मा संक्रमितको संख्या १२ लाखभन्दा बढी थप हुने छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया