विश्वभर दैनिक चार हजार मानिस एचआइभी संक्रमित
काठमाडौँ । विश्वभर प्रत्येक दिन करिब चार हजार जनामा एचआईभी संक्रमण हुने गरेको पाइएको छ । राष्ट्रसंघले आइतबार यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै सो विवरण सार्वजनिक गरेको हो ।
राष्ट्रसंघले ट्विट गर्दै एचआईभी संक्रमण नियन्त्रणमा प्रगति सुस्त रहेको जनाउँदै यसविरुद्ध जनचेतना जगाउन र नियन्त्रण गर्न लगानी बढाउनसमेत आग्रह गरेको छ । एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्र संघीय कार्यक्रम विश्वव्यापी एचआईभी प्रतिक्रियाको पछिल्लो तथ्यांकले कोभिड १९ र अन्य विश्वव्यापी संकटका पछिल्ला दुई वर्षमा एचआईभी महामारीविरुद्ध प्रगति कमजोर भएको बताएको छ ।
यसविरुद्ध परिचालन हुने स्रोतहरू संकुचित भएका छन् । जसले लाखौंको ज्यान जोखिममा रहेको तथ्यांकले देखाएको छ । नयाँ संक्रमणको संख्या सन् २०२० र २०२१ को बीचमा विश्वव्यापी रूपमा केवल ३.६ प्रतिशतले घटेको छ । जुन नयाँ एचआईभी संक्रमणमा सन् २०१६ यताको सबैभन्दा कम अनुपातमा घटेको विवरण हो ।
प्रतिवेदनले महामारी नियन्त्रण गर्न तत्काल कदम चालिएन भने विनाशकारी परिणाम आउने जनाएको छ । यदि, यही दरमा संक्रमण बढ्दै गए सन् २०२५ मा संक्रमितको संख्या १२ लाखभन्दा बढी थप हुने छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया