साफ यू २० : नेपाल भारतसँग ८-० गोलले पराजित

काठमाडौँ । साफ यू २० च्याम्पियनसिपअन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा भारतसँग ८-० गोलले पराजित भएको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भएको खेलमा घरेलु टोली भारतसँग फराकिलो गोल अन्तरले पराजित भएको हो ।
यसअघि नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो । पहिलो खेलमै बंगलादेशसँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराएर पहिलो जित निकालेको थियो ।
खेलको ३२ औँ मिनेटमा टाइसन सिंह लवइटोङबामले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । यस्तै, पार्थिव सुन्दर गोगोईले ५० औँ र ५२ औँ मिनेटमा गोल गरे ।
यसैगरी पथुम गिमहानाले ६४ औँ मिनेटमा गोल गर्दै भारतको अग्रता ४–० बनाए । ७१ औँ मिनेटमा हिमांशु जाँग्राले पेनाल्टीमा गोल गरे । यस्तै, मोहमेद रिकाज ७८ औं मिनेटमा गोल गरे, ९० औं मिनेटमा गुरकिरत सिंहले गोल गर्दै भारतलाई ७–० को अग्रता दिलाए । शुभो पउलले इन्जुरी टाइममा गोल गर्दै भारतलाई ८–० को जित दिलाए ।
भारतले आफ्नो तेस्रो खेलमा नेपाललाई भारी गोल अन्तरले पराजित गरेको हो । योसँगै शीर्ष दुईमा रहँदै भारतले फाइनलमा स्थान बनाउन सफल भएको छ ।










फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया