शनिबार, माघ १०, २०८२

सिंहदरबारभित्रका कर्मचारी आन्दोलनमा, घेरे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

मेरोन्यूज २०७९ साउन १६ गते १०:५८

काठमाडौं । संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका मागलाई सम्बोधन गरिनुपर्ने बताउँदै सोमबार बिहान सिंहदरबारमा कर्मचारीले प्रदर्शन गरेका छन्। कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने पनि माग गदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्।
सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिइएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए।

यूनियनका ललितपुर अध्यक्ष चिरञ्जीवी लामिछानेका अनुसार शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने समेत माग रहेको छ ।
सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनङ्कित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने, सरुवालाई चक्रीय प्रणालीमा लैजानु पर्ने तथा पूर्वानुमानयोग्य हुनुपर्ने जस्ता प्रावधान ऐनमा समावेश गर्नुपर्ने उनीहरूले माग राखेर आन्दोलन शुरु गरेका हुन् । उनीहरुले सो माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

प्रतिक्रिया