काभ्रेस्थली घटना
घटनास्थलमा ‘सुसाइड नोट’सँगै भेटियो आफन्तलाई पठाएको म्यासेज

काठमाडौं । सोमबार बिहान १० बजे राजधानीको तारकेश्वर नगरपालिका २ स्थित काभ्रेस्थलीको एकै परिवारका ४ जनाको शव फेला परेको थियो ।
उपत्यका अपराध अनुसन्धानका अनुसार एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको शव मृत अवस्थामा फेला परेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र छोराछोरीमाथि छुरा प्रहार गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । प्रहरीले घटनास्थलबाट ४ पृष्ठ लामो ‘सुसाइड नोट’ र दिनेशले आफन्तलाई पठाएको म्यासेज फेला परेको घटनास्थलमा रहेको एक प्रहरी अधिकारीले मेरोन्यूजलाई बताए ।
ती प्रहरीले भने, ‘सुसाइड नोट’मा के छ, त्यो थाहा छैन, तर हामीले दिनेशले केही आफन्तलाई श्रीमतीसँगको विवादको विषयमा म्यासेज पठाएको फेला पारेका छौँ ।’
प्रारम्भिक जानकारीअनुसार दिनेश करिब १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि स्वदेश फर्किएका थिए । तर पारिवारमा मेलमिलाप थिएन । दिनेश र सुनिता पारिवारिक झगडा लिएर तीन पटक प्रहरीको बालाजु वृत्तमा पुगेका थिए ।
यो पनि

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया