भारतबाट फर्किएका २४ जनामा कोरोना पुष्टि
काठमाडौँ । भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण देखा परेको छ । सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा संक्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंगलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट तीन र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा संक्रमण देखिएको हो । यस्तै, कैलालीमा ११ र कञ्चनपुरमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस प्रदेशका भारतसँग सीमा जोडिएका नाकामै कोरोना परीक्षण कार्य जारी रहेको हो । सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार ३०३ को कोरोना परीक्षण गरिएकोमा ६० हजार १७ मा संक्रमण देखिएको छ । संक्रमणका कारण हालसम्म ६३३ को ज्यान गइसकेको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया