रहेनन् चर्चित अभिनेता मिथिलेश चतुर्वेदी

काठमाडौं । फिल्म र टेलिभिजनका लोकप्रिय अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । उनले गत बुधबार लखनउस्थित निवासमा अन्तिम श्वास फेरेका हुन् । उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
मिथिलेशलाई केही दिनअघि मात्र हृदयघात भएको थियो । त्यसपछि उनी गृहनगर लखनऊ गएका थिए । मिथिलेशले ‘कोई मिल गया’, ‘रेडी’, ‘ताल’, ‘सत्या’लगायतका फिल्ममा अभिनय गरेका थिए ।
फिल्म ‘कोई मिल गया’मा उनको कास्टिङ किस्सा निकै रोचक छ । निर्देशक राकेश रोशनले फिल्मको लागि काम गरिरहँदा उनले फिल्म ‘फिजा’ हेरेका थिए । यो फिल्ममा एक दृश्य छ, जहाँ अभिनेत्री करिश्मा कपूरले मिथिलेशको अनुहारमा पानी फ्याक्छिन् ।
यो दृश्य देखेपछि राकेश मिथिलेशबाट प्रभावित भएका थिए । त्यसपछि अर्को चरित्रका लागि रवि झाकडलाई बोलाउँदा रविले उनको नाम मिथिलेश चतुर्वेदी रहेको जानकारी दिएका थिए । यसपछि राकेशले मिथिलेशलाई बोलाए र फिल्ममा अनुबन्धित गरे ।
मिथिलेशले बलिउडमा डेब्यू सन् १९९७ मा ‘भाई भाई’बाट गरेका थिए । यसपछि उनले ‘सत्ता’, ‘ताल’, ‘फिजा’, ‘रोड’, ‘कोई मिल गया’, ‘गान्धी माइ फादर’ र ‘बन्टी बबली’ जस्ता फिल्ममा अभिनय गरे ।
















राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया