मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

हेटौडा । बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको हेटौँडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएको छ । आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले बिरामीको सङ्ख्या बढ्ने गरेकामा अहिले औषधिको अभाबमा रित्तै फर्किने गरेका छन् ।
विभिन्न रोगका करिब २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको सो केन्द्रमा हाल १० प्रकारका औषधिसमेत नरहेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन््।विशेषगरी बाथ, पित्त, कफ, ग्यास्टिक, ववासिर, अल्सर, ज्वरो, कमलपित्त, कमजोरी, भोक नलाग्ने, हात र खुटा सुन्निने झमझमाउने र पोल्ने तथा पारालाइसिसलगायत विभिन्न रोगका बिरामीलाई दिइने औषधि सकिदा पनि प्रदेश सरकारले उपलब्ध नगराएकाले सेवा लिनेहरु मारमा परेको बताइएको छ ।
दैनिक ८५ बिरामी उपचारका लागि आउने गरेकामा औषधि अभावका कारण हाल दैनिक ३० देखि ३५ बिरामी आउने गरेको केन्द्रका सूचना अधिकारी अशोक झाले बताए । बिरामीलाई विभिन्न औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप र रोग नुसारको उपचार पद्धति प्रयोग हुँदै आएको उनले जानकारी दिए । विगत दुई वर्षदेखि विश्वमहामारीका रुपमा फैलिएको कारोनाको सङ्क्रमणवाट जोगिनका लागि सो स्वास्थ्य केन्द्रमा उपचार गराउन र परामर्श लिनेको सङ्ख्या बढ्दै गएको थियो ।
प्रदेश सरकारसँग औषधि खरिदका लागि रकम माग गरिएकामा अहिलेसम्म प्राप्त हुन नसकेको सूचना अधिकारी झाले जानकारी दिए । त्यस्तै स्वास्थ्य केन्द्रमा जनशक्तिको अभावका कारणले कार्य सम्पादनमा समेत समस्या भएको उनको भनाइ थियो ।उक्त केन्द्रबाट आर्थिक वर्ष २०७८र७९ मा नौ हजार एक सय ११ बिरामीले उपचार सेवा लिएकामा चार हजार पाँच सय १५ महिला र चार हजार चार सय ९५ पुरुष थिए ।उक्त केन्द्रमा प्रयोगशाला, फिजियोथेरापी, क्षारसूत्र, पञ्चकर्म, योग सेवाका साथै ज्येष्ठ नागरिकहरुलाई रसायन औषधि वितरण तथा स्तनपायी आमाहरुका लागि दुग्धबर्धक औषधि वितरणसमेत हुँदै आएको थियो ।

















प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया