आइतबार, पुष १३, २०८२

थप हजार जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

मेरोन्यूज २०७९ साउन २३ गते १५:२३

काठमाडौँ । पछिल्लो २४ घण्टामा झण्डै एक हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पाँच हजार ३५१ जनाको परीक्षण हुँदा ९३४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार ६८६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४७० जना संक्रमण मुक्त भई फर्किएका छन् ।

प्रतिक्रिया