आकर्षक फिचरसहित भिभो वाई १५ सी सार्वजनिक

काठमाडौँ । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आज वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई १५ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । वाई १५ सीको लञ्चसँगै भिभोले युवाहरूलाई प्रचूर विशेषता भएको स्मार्टफोन र विभिन्न मूल्य दायरामा नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो ।
सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई १५ सी मा ६.५१ इञ्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवन शैलीसँग मिल्ने र दिनभरि चलिरहने शक्तिशाली ह्याण्डसेट चाहने युवा र ‘अन द गो’ उपभोक्ताको जीवन शैली अनुरूप डिजाइन गरिएको हो ।
‘युवा उपभोक्तालाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ, वाई शृङ्खलाका स्मार्टफोन ‘अन द गो’ मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो,’ भिभो नेपालका सीईओ माइकलले भने, ‘उत्कृष्ट पाँच हजार एमएएच ब्याट्रीले सुसज्जित, हालै लञ्च गरिएको वाई १५ सी सधैं अमूल्य साथी साबित हुनेछ ।’
यस फोनमा १३ एमपी एआई डुअल क्यामेरा र २ एमपी सुपर क्याक्रो क्यामेरा सेटअप छ । जसबाट उच्च स्तरीय फोटोग्राफी अनुभव लिन सकिन्छ । साथै, उत्कृष्ट सेल्फीहरुका लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ । यसले दैनिक सुटिङ अनुभवलाई सहज बनाउन फेस ब्यूटी, फोटो, भिडियो, लाइभ फोटो, टाइम–ल्याप्स, पानोरामा, र प्रो मोड प्रस्तुत गर्दछ ।
वाई १५ सी दुई वटा आकर्षक रंगहरू मिस्टिक ब्लू र वेभ ग्रीनमा उपलब्ध छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् । यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ । यसको र्याम र ३२ जीवी रोममा छ । नेपाली बजारमा यसका मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।















रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया