चन्द्रागिरि नगरपालिकामा आईएमई पेबाट भुक्तानी सेवा सुरू

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आईएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका हुन् ।
यस सेवामार्फत नगरबासीले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्ने छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई डिजिटल सोलुशनका प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवर्द्धन गर्न पाउनु आफ्नो कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गरे ।
नगरबासीलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे । प्रयोगकर्ताले आईएमई पे एपको होम पेजमा रहेको ‘गभरमेन्ट’मा गई ‘लोकल गभरमेन्ट’ रोजी ‘चन्द्रागिरि नगरपालिका’मार्फत आफ्नो कर तिर्न सक्ने छन् ।














एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
Two killed in separate accidents in Palpa and Udayapur
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया