चन्द्रागिरि नगरपालिकामा आईएमई पेबाट भुक्तानी सेवा सुरू

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आईएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका हुन् ।
यस सेवामार्फत नगरबासीले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्ने छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई डिजिटल सोलुशनका प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवर्द्धन गर्न पाउनु आफ्नो कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गरे ।
नगरबासीलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे । प्रयोगकर्ताले आईएमई पे एपको होम पेजमा रहेको ‘गभरमेन्ट’मा गई ‘लोकल गभरमेन्ट’ रोजी ‘चन्द्रागिरि नगरपालिका’मार्फत आफ्नो कर तिर्न सक्ने छन् ।














जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया