आमिर खानसँग काम माग्दिनँ

मुम्बई । १५ वर्षअघि रिलिज फिल्म ‘तारे जमिन पर’ लाई दर्शकले निकै मनपराएका थिए । बिरामीसँग जुधिरहेको एक बालकको भावनात्मक यात्राले जोकोही दर्शकलाई भावुक बनाएको थियो । सन् २००७ मा रिलिज यो फिल्ममा इसान अवस्थी नामको बच्चाको भूमिका दर्शील सफारीले निभाएका थिए । उनको चरित्रलाई दर्शकले धेरै माया गरेका थिए ।
यो फिल्मपछि दर्शीलले अभिनयबाट ब्रेक लिए र उनी लामो समयदेखि पर्दा बाहिर नै रहे । अब भने उनी फिल्ममा फर्कने तयारीमा छन् । हालैको एक अन्तरवार्तामा उनले आफूले पढाई र कलेज जीवनको मजा लिइरहेकोले क्यामरालाई मिस गरेको बताएका थिए ।
उनले आफू फिल्ममा फर्किए पनि अभिनयका लागि आमिर खानसँग काम नमाग्ने खुलासा गरेका छन् । भलै दर्शीलले आमिरकै फिल्म ‘तारे जमिन पर’बाट बलिउडमा पाइला चालेका हुन् । ‘म आमिर खानसँग काम माग्दिनँ । मलाई काम माग्दा लाज लाग्छ । किनकी काम माग्ने होइन, कमाउने हो । काम माग्नु भनेको छिटो बाटो अपनाउनु हो, म छिटोबाटो भन्दा पनि लामो बाटो हिँड्न मनपराउँछु’, उनले भनेका छन् ।
दर्शीलले आफू बलिउडमा कमव्याकका लागि तयार भए पनि कहिलेसम्म कमव्याक हुने भन्ने केही खुलाएका छैनन्
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया