आमिर खानसँग काम माग्दिनँ

मुम्बई । १५ वर्षअघि रिलिज फिल्म ‘तारे जमिन पर’ लाई दर्शकले निकै मनपराएका थिए । बिरामीसँग जुधिरहेको एक बालकको भावनात्मक यात्राले जोकोही दर्शकलाई भावुक बनाएको थियो । सन् २००७ मा रिलिज यो फिल्ममा इसान अवस्थी नामको बच्चाको भूमिका दर्शील सफारीले निभाएका थिए । उनको चरित्रलाई दर्शकले धेरै माया गरेका थिए ।
यो फिल्मपछि दर्शीलले अभिनयबाट ब्रेक लिए र उनी लामो समयदेखि पर्दा बाहिर नै रहे । अब भने उनी फिल्ममा फर्कने तयारीमा छन् । हालैको एक अन्तरवार्तामा उनले आफूले पढाई र कलेज जीवनको मजा लिइरहेकोले क्यामरालाई मिस गरेको बताएका थिए ।
उनले आफू फिल्ममा फर्किए पनि अभिनयका लागि आमिर खानसँग काम नमाग्ने खुलासा गरेका छन् । भलै दर्शीलले आमिरकै फिल्म ‘तारे जमिन पर’बाट बलिउडमा पाइला चालेका हुन् । ‘म आमिर खानसँग काम माग्दिनँ । मलाई काम माग्दा लाज लाग्छ । किनकी काम माग्ने होइन, कमाउने हो । काम माग्नु भनेको छिटो बाटो अपनाउनु हो, म छिटोबाटो भन्दा पनि लामो बाटो हिँड्न मनपराउँछु’, उनले भनेका छन् ।
दर्शीलले आफू बलिउडमा कमव्याकका लागि तयार भए पनि कहिलेसम्म कमव्याक हुने भन्ने केही खुलाएका छैनन्









भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया