मंगलबार, माघ ६, २०८२

नेप्से परिसूचक झिनो अंकले वृद्धि

मेरोन्यूज २०७९ भदौ ८ गते १६:३३

काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक २.८६ बिन्दुले बढेको हो ।

Advertisement
thakur moters insidethakur moters inside

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ ।

आज कारोबारमा २२३ कम्पनीको ३६ लाख ७९ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ । जसमा एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये सात उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा छ उपसमूहको सूचक भने नकारात्मक देखिएका छन् ।

बुधबार सामान्य अंकले नेप्से बढेसँगै मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको ९.९९ प्रतिशत, रुरु जलविद्युतको ५.८६ प्रतिशत, अरुण कावेली हाइड्रोपावरको ५.२५ प्रतिशतले बढेको छ ।

यस्तै, गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया