बुधबार, माघ ७, २०८२

सानिमा बैंकले ल्यायो बुवाको मुख हेर्ने दिनमा विशेष योजना

मेरोन्यूज २०७९ भदौ १० गते १६:२८

काठमाडौँ । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्ने छन् ।

बैंकको डेविट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेण्टमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यसैगरी कुनै पनि मर्चेण्टमा ग्राहकहरूले सानिमा मोबाइल बैंकिङ्गबाट क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुनेछ ।

बंैकको देशका सबै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेण्टमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया