रोहित सम्मिलित केडिरीको छैटौं हार
मेरोन्यूज
२०७९ भदौ १२ गते ७:२०

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक रोहित चन्दसम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन लिगा वानमा छैटौं पराजय बेहोरेको छ । लिगमा हालसम्म जितविहीन रहेको केडिरी शनिबार बाली युनाइटेडसंग ४९० ले पराजित भयो । बालीको जितमा इर्फान जाया, इलिजा स्पासोजेभिच, इभर बेसा र लेर्बी इलियन्ड्री बारुले गोल गरे ।
खेलको आठौं मिनेटमा जायाले गोल गर्दै बालीलाई अग्रता लिएका थिए । ६३औं मिनेटमा स्पासोजेभिचले बालीको अग्रता दोब्बर पारे । यस्तै, ७०औं मिनेटमा बेसाको गोलबाट तेस्रो अग्रता लिएको बालीले ८२औं मिनेटमा बारुले चौथो गोल गरे ।
खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए ।
लिगा वानमा सात खेल खेलेको केडिरीको यो छैटौं हार हो । सात खेलबाट १ अंक जोडेको केडिरी तालिकाका पुछारमा छ । यता, सात खेलबाट १५ अंक जोडेको बाली तालिकाको दोस्रो स्थानमा छ ।
सम्बन्धित
















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया