आइतबार, पुष १३, २०८२

थप २०२ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७९ भदौ १२ गते १७:३६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २०२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८३३ जनाको परीक्षण हुँदा २०२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ३१३ पुगेको छ । यस्तै सोही अवधिमा ४६२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया